२०८३ भाद्र २०, शनिबार १३:१५

जनता समाजवादी पार्टी नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ।

काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनको पेसमेकर प्रतिस्थापन गरिएको छ।  यसअघि उनले भारतको अस्पतालमा पेसमेकर लगाएका थिए।

उपचार सफल भई ठाकुरको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्। उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

Comment

Related News

Latest News

Trending News