जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निमार्ण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ ।
आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेन्जी शहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा संचारकर्मीसंग बोल्दै गृहमन्त्री सुदन गुरुङले देशका लागी आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका सपना पुरा गर्ने बाटोमा सरकार लागिपरेको बताउनुभयो । मन्त्री गुरुङल आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताउनुभयो । मन्त्री गुरुङले पार्क निर्माणले मात्र शहिद जेन्जीहरुले न्याय पाउन नसक्ने भन्दै अझै धेरै कामहरु गर्न बाँकि रहेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै भौतिक तथा पुर्वाधार मन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिए सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस अघिको शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन्जी शहिदहरुको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।


