२०८३ भाद्र २२, सोमबार १४:१६

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कायम भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

Comment

Related News

Latest News

Trending News