२०८३ भाद्र २३, मंगलवार ०८:०१

भोटेकोशीको प्रलयकारी बाढीमा परेर दिवङ्गत भएकाहरुको सम्झनामा सोमवार राष्ट्रिय श्रद्धाञ्जली अर्पण गरिएको छ ।विनासकारी बाढी आएको १३ औं दिनमा राष्ट्रिय शोक मनाइएको छ । दिवंगत आत्माको चीरशान्तिको कामनागर्दै देशभरि श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।दिप प्रज्वलन, श्रद्धाञ्जली सभा, मौन धारण, वृक्षारोपण, धार्मिक अनुसन्धान लगायतका कार्यक्रमहरु गरी दिवंगत आत्माको चीरशान्तिको कामना गरिएको छ ।कतिपय स्थानमा मौनधारण, कतिपय स्थानमा भण्डारा गरिएको छ । महोत्तरी जिल्लाको बर्दीबास नगरको बर्दिबास चोकमा भएको दीप प्रज्वलन तथा श्रद्धांजलि कार्यक्रममा प्रदेश सांसद शारदा थापा, नगर प्रमुख प्रहलाद कुमार क्षेत्री , बर्दिबास उध्योग वाणिज्य संघ का अध्यक्ष दीपक कुमार कार्की, राजनीतिक दलका प्रतिनिधि ,नेता ,कार्यकर्ता, कर्मचारी समाज ,पत्रकार होटल तथा पर्यटन व्यवसायी ,नागरिक समाज लगायत को सहभागीता थियो ।

भोटेकोशीको प्रलयकारी बाढीमा परेर हाल सम्म एक हजार तीन सय ५५ जनाको ज्यान गएको पुष्टि भएको छ ।सरकारी निकायबाट पुष्टि भए अनुसार एक हजार तीन सय ५५ जनाको शव सोमवार साँझ सम्म फेला परेको छ । बाढीको कारण चार हजार नौ सय छयान्बे जना अझै सम्पर्क बिहिन रहेका छन् ।उनीहरुको खोजी र उद्धारको कार्यलाई निरन्तरता दिएको छ ।केहि मानिसहरु विद्युत गृहको सुरुंगमा अझै फसेको र उनीहरु जिवित हुन सक्ने अनुमान गरिएको छ ।तर त्यसको आधिकारिक पुष्टि भने गरिएको छैन् । बाढी लगतै खोजी र उद्धारमा २१ हजार चार सय दुई जना सुरक्षाकर्मीहरु खटेका थिए ।सुरक्षाकर्मीहरु तर्फ सर्वाधिक नेपाली सेना सम्पर्क बिहिन छन् ।नेपाल प्रहरीकापनि केहि सुरक्षाकर्मीहरु सम्पर्कमा आउन सकेका छैनन् ।केहि पर्यटकहरुपनि सम्पर्क बिहिन रहेका छन् ।खोजी र उद्धार कार्यमा भारतीय, चिनियाँ, कोरियन लगायतका विज्ञ टोलीहरुपनि सकृय रहेका छन् ।

छ हजार छ सय ७२ जना घाइते छन् ।घाइतेहरु मध्ये धेरै जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल सोमवार बिहान बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न नुवाकोट पुगे । उनले खोज तथा उद्धार, राहत वितरण र होल्डिङ सेन्टरका विषयमा जानकारी लिए । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आफ्नो सम्बोधनमा उनले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् । अब मृतकको पहिचान प्रक्रियालाई सरकारले सावधानी र संवेदनशील ढङ्गले अगाडि बढाउने उनले विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले विभिन्न अन्य देशका नागरिकहरूले पनि घटनामा ज्यान गुमाएको वा बेपत्ता भएको भन्दै सम्बन्धित देशलाई समवेदना प्रकट गरेका छन् ।

विपद्का बेला सहयोग गर्ने देशहरूप्रति उनले आभार पनि व्यक्त गरेका छन् । उनले हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारमा संलग्न हुने सुरक्षाकर्मीलगायतको प्रशंसा गर्दै कुनै पनि कुरा खोजी तथा उद्धारलाई रोक्ने कारण बन्न नहुने बताएका छन्। त्यसअघि सोमवार राष्ट्रपति पौडेल नुवाकोटको बट्टारस्थित एक अस्थायी आश्रयस्थल पुगेर विस्थापितलाई भेटेका थिए । प्रहरीका अनुसार अहिले विभिन्न जिल्लामा स्थापित होल्डिङ सेन्टरहरूमा झन्डै तीन हजार दुईसय जनाले आश्रय लिएका छन् । सम्पर्कविहीन मानिसहरूको खोजीकार्य जारी छ ।

सुरुङमा मानिसहरू फसेको हुन सक्ने स्थानमा खोजी र उद्धारको प्रयासको नेतृत्व नेपाली सेनाले गरेको छ। केही स्थानमा विदेशी विज्ञहरूको टोली पनि सहभागी भएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार रसुवाको टिमुरेदेखि नवलपरासी पश्चिमस्थित नेपाल–भारत सीमानजिकै नारायणी नदीसम्ममा स्थलगत खोजीकार्य पनि जारी छ । सेनाको नेतृत्वमा विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र भूमिगत पावरहाउसहरूमा ध्यान केन्द्रित गरी खोजीकार्य जारी रहेको सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए। भोटेकोशी नदीमा भदौ १० गते प्रलयकारी बाढी आएको थियो ।बिहान आएको सो बाढीले दर्जनौ वस्तीलाई नै बगाए ।

घर, पुल, सडक मानिस, पशु समेतलाई बगाएको सो बाढीबाट भएको क्षतिको यकिन विवरण अझै आएको छैन् ।कयौं विद्यालयहरु बगेका छन् ।कयौं परिवारको केहि सदस्य हराइरहेका र केहि जिवित छन् ।प्रभावित क्षेत्रका जिवितहरुपनि आफ्न्तको खोजीमा भौतारिएका छन् ।आफ्न्त सम्पर्कमा नआएपछि केहिले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । व्यवस्थापन गरिएको शवहरुको डीएनए टेष्टगरि मिल्ने आफ्न्तले शव बुझेर लग्न सक्ने व्यवस्था गरिएपनि त्यो प्रभावकारी हुन सकेको छैन् ।डीएनए परीक्षण गराएर शव लग्नेहरुको संख्या कम देखिएको छ ।हुनत अझै धेरै परिवारको आशा आफ्न्त सुरक्षित रहेको छ ।उनीहरु अझै आफ्न्तलाई कुरिरहेका छन् ।

सरकारले प्रभावित क्षेत्रका पीडितहरुको पीडामा मलहम लगाउने अनेक प्रयास जारी राखेको छ ।सरकारले खोजी र राहत कार्यलाई निरन्तरता दिएको छ ।उद्धारका लागि हेलिकोप्टर परिचालन गरेको छ ।प्रभावित क्षेत्रमा राहतलाई व्यवस्थित रुपमा वितरण गर्ने प्रकृयामा सरकारले विशेष ध्यान दिएको छ ।

Comment

Related News

Latest News

Trending News