२०८३ भाद्र २४, बुधबार १५:३६

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् ।

घिसिङसँग सो आयोजनास्थलमा पहिले चार वर्ष प्रत्यक्ष रुपमा बसेर काम गरेको अनुभव रहेको छ । यसबाहेक नेपाल विद्युत् प्राधिकरणमा रहँदा पनि आठदेखि नौ वर्ष सो क्षेत्रसँग सम्बन्धित भएर काम गरेका थिए ।

सुरुङभित्र अहिले जनशक्तिमार्फत म्यानुअली काम भइरहेको छ, भने एक्सकाभेटर प्रयोग गरेर उद्धार अगाडि बढाउने निर्णय भएको छ । कार्यस्थलमा एक्सकाभेटर पु¥याउने काम जारी रहेको र आज बेलुका वा भोलि बिहानसम्ममा सुरुङभित्र एक्सकाभेटर छिराएर काम तीव्र पारिने जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News