२०८३ भाद्र २६, शुक्रबार ०६:५९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिए लगत्तै उनको स्थानमा सुनसरी–४ बाट निर्वाचित दीपककुमार साह नियुक्त भएका छन् ।

साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन् । पार्टी बनाउँदै र छोड्दै हिँडेका नवनियुक्त उद्योग मन्त्री साहले जनमत पार्टीमा अत्यन्त प्रभावशाली नेताको रुपमा रहेका थिए । उनले जनमत पार्टी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

जनमत पार्टी गठन गर्ने बेला डा. सीके राउतका सारथी साह रास्वपा सांसद हुँदै मन्त्री बनेका छन् । मन्त्री साहको सामु पनि ग्यास लगायतको समस्या समाधान गर्न प्रमुख चुनौती रहेको छ । काठमाण्डुमा ग्यासको चरम अभाव देखिएको छ । त्यसलाई समाधान गर्न नसकेकै कारणपनि यादवलाई राजिनामा गर्नु परेको हो ।

Comment

Related News