२०८३ भाद्र २६, शुक्रबार १७:४४

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यदलका संयोजकले दुवै दस्ताबेज कार्यदलको बैठकमा छलफलका लागि पेश गर्नुभएको एमाले प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । दुईवटा छुट्टाछुट्टै दस्ताबेज हुन नसक्ने निष्कर्ष निकाल्दै दुवैको अध्ययन तथा छलफल गरी एउटै साझा दस्ताबेज तयार पारेर सचिवालयलाई बुझाउने सहमति भएको उहाले बताउनुभयो ।

दुवै दस्ताबेज अध्ययन गर्ने र शुक्रबारदेखि आवासीय रूपमा बसेर छलफल गरी एउटै अन्तिम प्रतिवेदन तयार पारेर छिटोभन्दा छिटो सचिवालयलाई हस्तान्तरण गर्ने निर्णय भएको प्रचार बिभाग प्रमुख आचार्यले जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News