२०८३ भाद्र २९, सोमबार ११:३१

आज सुन-चाँदीको भाउ घटेको छ।

आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News

Latest News

Trending News