२०८३ भाद्र ३०, मंगलवार १२:०४
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ मौज्दात पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंक खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ।
यसैगरी कोषका अन्य दुई वटा बैंकमा रहेका डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर (करिब ३ अर्ब ६१ करोड) सङ्कलन भएको छ।
राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु. १ अर्ब निकासा गरिसकिएको कार्यालयले जनाएको छ।


