२०८३ भाद्र ३१, बुधबार ०७:५२

महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयबाट एक लाख रुपैया घुससहित एक नापी सर्भेक्षक (अमिन) पक्राउ परेका छन् ।

मंगलवारअख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले नापी सर्भेक्षक शिवकुमार साहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो । अपराह्न करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गर्दा साहलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताएका छन् । उनका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायतका कानुनी प्रक्रियाको काम अघि बढाइएको छ ।

Comment

Related News