२०८३ भाद्र ३१, बुधबार १८:१५
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले भदौ ३१ गते उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रवक्ता शाक्यले जानकारी दिए ।


