२०८३ भाद्र ३१, बुधबार १९:४७
सर्वोच्च अदालतलले प्रतिनिधि सभा नियमावलीका केही प्रावधानहरु कार्यान्वयन गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको संवैधानिक इजलाससले अन्तरिम आदेश गरेको हो । संविधान संशोधन प्रक्रियासँग सम्बन्धित नियम: पारित प्रतिनिधि सभा नियमावलीले संविधानको सीमा नाघेर प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको मत जोडेर दुई-तिहाइ पुऱ्याउन सकिने व्यवस्था गरेको दाबी गर्दै रिट दायर भएको थियो ।
सर्वोच्चले नियमावलीको ब्यवस्था संवैधानिक प्रावधानमा अपुरणनिय क्षति पुग्न जाने भन्दै नियमावलीको नियम १४० उपनियम ११ र नियम २५९ कार्यान्वयन नगरी यथास्थानमा राख्न भनेको छ । न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।


