२०८३ आश्विन १, बिहीबार ०७:४३

मधेश प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ। रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनलाई बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्ज लगिएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।

खातुन नेकपा एमालेबाट समानुपातिक सांसदका रूपमा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी थिइन्।

उनको आकस्मिक निधनको खबरले परिवार, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी स्तब्ध भएका छन्। खातुनको निधनले स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत शोकको वातावरण सिर्जना भएको छ।

स्थानीयवासीले उनको निधनलाई परिवारसँगै जिल्लाका लागि समेत अपूरणीय क्षतिका रूपमा लिएका छन्।

Comment

Related News

Latest News

Trending News