२०८३ आश्विन १, बिहीबार १२:०८

बिहीबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। बुधबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेसँगै बिहीबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको थियो।

साताको सुरुवातमा आइतबार ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको चाँदी सोमबार ४० रुपैयाँ र मंगलबार २० रुपैयाँले घटेको थियो।

Comment

Related News