२०८३ आश्विन १, बिहीबार १२:१५
सशस्त्र प्रहरी बलले पर्साको वीरगञ्ज महानगरपालिका–१५, बास्तुबिहार चोकमा कटुवा पेस्तोल र गोलीसहित भारतीय कार नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणको मोबाइल टोलीले रोकिराखेको अवस्थामा रहेको बेवारिसे युपी १६ एजे ३३०१ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा बोरामा लुकाइराखेको २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली फेला पारेको हो।
बरामद हातहतियार, गोली तथा कार आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ ।


