२०८३ आश्विन ३, शनिबार १६:३१

नेपाल प्रेस युनियन रौतहट शाखाको सातौँ जिल्ला अधिवेशनले दिपु मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

चन्द्रनिगाहपुरमा शुक्रबार सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर हुमागाईं, महिला उपाध्यक्षमा सुप्रिया ढकाल, सचिवमा राकेशकुमार यादव, सहसचिवमा प्रकाश चौधरी र कोषाध्यक्षमा मोहम्मद मोजिबुल्लाह चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा गोपाल हुमागाईं, दीपक कुमार, मो। ओजिर आलम, तनवीर आलम र साहिल पुरी सर्वसम्मत चयन भएका छन्।

अधिवेशनबाट नेपाल प्रेस युनियनका केन्द्रीय तथा प्रदेश पार्षदसमेत सर्वसम्मत चयन गरिएको छ। केन्द्रीय पार्षदमा प्रभातकुमार झा, शम्भु थापा, सुमन गौतम, सङ्गम श्रेष्ठ, नितेशकुमार गुप्ता र रुद्राकुमारी कार्की चयन भएका छन्।

प्रदेश पार्षदमा प्रकाश श्रेष्ठ, सबनम कुमारी साह र नन्दभूषण श्रीवास्तव चयन भएका छन्।

अधिवेशनमा नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि गणेश तिमिल्सिना, केन्द्रीय सदस्य सञ्जय कार्की र शिव पुरीको प्रत्यक्ष सहभागिता रहेको थियो। उनीहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनको सुरुआतमै नेपाल प्रेस युनियन रौतहटका दिवंगत निवर्तमान अध्यक्ष प्रिमेश शिवाकोटीको स्मरणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। उहाँको निधनप्रति शोक प्रस्ताव पारित गर्दै अधिवेशनमा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

Comment

Related News

Latest News

Trending News