२०८३ आश्विन ४, आईतवार ०६:२०

असोज ३ गते संविधान दिवसलाई जनता समाजवादी पार्टी धनुषाले विरोध दिवसको रुपमा मनाएका छन् । शनिवार जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा जिल्लास्थिति पालिका प्रमुख, प्रतिनिधि र केन्द्रिय, प्रादेशिक तथा स्थानीय नेताहरुको उपस्थितिमा विरोध कार्यक्रम गरेका छन् ।

सो विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रदेश सांसद एवं जसपा नेपालका उपाध्यक्ष परमेश्वर साहले संविधानमा अधुरो रहेका अधिकारहरु सुनिश्चितता गर्न संशोधन वा पुर्नलेखनका लागि दबाव दिन संविधान दिवसलाई विरोध दिवसको मनाउंदै आइरहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने जबसम्म प्रदेशलाई अधिकार सम्पन्न र पार्टीले उठाएको मधेश आन्दोलनको प्रमुख माग जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, आत्मनिर्णय सहितको अधिकार, प्रदेशलाई आफ्नो पुलिस प्रशासन र राज्यको हरेक निकायमा मधेशीको पहुँच नभएसम्म हाम्रो विरोध जारी रहने बताए ।

यस्तै कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्व सांसद शैलेन्द्र यादवले मधेशीको टाउको र छातीमा गोली हानेर संविधान जारी गरिएको स्मरण गर्दै जबसम्म शहादत प्राप्त मधेशी सपूतहरु उठाएका अधिकार प्राप्ति हुँदैन तबसम्म जसपा नेपालले विरोध जारी राख्ने बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्य झन निरंकुशतातर्फ धकेलिएकाले प्रदेशलाई अधिकारसम्म नबनाएसम्म संघीयता कार्यान्वयन हुन नसक्नेमा जोड दिएका छन् ।

उनीहरुले विगतदेखि नै मधेशी जनता राज्यबाट ठगिदै आएकाले अब आफ्नो अधिकारका लागि पुनः सशक्त आन्दोलनको आवश्यकता रहेकोमा जोड दिएका थिए । कार्यक्रममा उपस्थिति जसपा नेपालका नेता संजय चौधरीले संविधानका सबै विषय नराम्रो होइन, धेरै राम्रा पक्ष पनि छन् । त्यसले मधेशीले अधिकार सम्पन्न हुँदैन । प्रधानमन्त्री बालेन्द्र साहले भने अनुसार बलगर प्रदेशका लागि प्रदेशको आफ्नो पुलिस प्रशासन सहित संधिवान तोकिएका अधिकारहरु नदिएसम्म संघीयता कार्यान्वयन हुन सक्दैन ।

उनले थप्दै भने हामीले संविधानको विरोधभन्दा पनि संविधानमा समेटन नसकिएका उत्पीडनमा परेका मधेशी, दलित, आदिवासी जनजातिले अधिकार संशोधन गरी समावेश गर्न र सबै अधिकार केन्द्रिकृत नगरी संविधानमा तोकिएका अधिकारहरु दिन दबाव स्वरुप विरोध कार्यक्रम गर्दै आएका छौ र माग पुरा नभएसम्म विरोध जारी रहनेछ ।

Comment

Related News