२०८३ आश्विन ४, आईतवार १२:०९
सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको जनाइएको छ ।


