२०८३ आश्विन ४, आईतवार १४:४०

असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ।

आगामी केही दिनमा विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालमा विशेषगरी असोज ८ देखि १२ गतेसम्म मनसुनी सक्रियता ह्वात्तै बढ्ने सम्भावना देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडेलहरूको विश्लेषणमा केही स्थानमा ४०० देखि ७४१ मिलिमिटरसम्म वर्षा हुनसक्ने संकेत देखिएको छ। यद्यपि, यस्तो वर्षा देशभर एकै किसिमले नभई निश्चित क्षेत्रमा केन्द्रित हुने सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमानमा असोज १० गते वर्षाको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। यही कारण असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा सकेसम्म नगर्न वा स्थगित गर्न सुझाव दिइएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा सडक अवरोध, पहिरो र आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने देखिएको छ।

बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनिरहेको र त्यो नेपालसम्म आइपुगेर भारी वर्षा गराउने सक्ने मौसम पूर्वानुमानका विभिन्न मोडलहरूले देखाएको छ।

Comment

Related News

Latest News

Trending News