२०८३ आश्विन ५, सोमबार १७:०९

नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

ललितपुरमा सोमबारबाट सुरु बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको र उक्त प्रतिवेदन अध्ययनका लागि सम्पूर्ण सदस्यहरूलाई वितरण गरिएको एमाले नेता शेरधन राईले जानकारी दिनुभयो ।

मंगलबार अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु हुने भन्दै उहाले छलफलमा भाग लिने प्रत्येक केन्द्रीय कमिटी सदस्य तथा पदाधिकारीलाई आफ्नो विचार राख्नका लागि ३ मिनेटको समयसीमा निर्धारण गरिएको बताउनुभयो ।

बैठकले ३ दिनभित्र सम्पन्न गर्ने गरी कार्यसूचीलाई अन्तिम रूप दिएको उहाले बताउनुभयो ।

बैठकले विधानअनुसार केन्द्रीय कमिटीमा मनोनीत गर्नुपर्ने निश्चित सदस्यहरूको मनोनयन गर्ने, पोलिटब्युरो तथा स्थायी समितिको गठन, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चहरूको गठन गर्ने नेता राईले बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News