२०८३ आश्विन ५, सोमबार १७:४३

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक र आर्थिक लोकतन्त्र स्थापित नभएसम्म राजनीतिक लोकतन्त्रको कुनै अर्थ, भविष्य वा स्थायित्व नहुने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा डा रेखा यादवद्वारा लिखित निर्झरको प्रश्न कथाकृतिको लोकार्पण गर्दै अध्यक्ष यादवले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सबैभन्दा पहिले जनताको सामाजिक चेतनामा परिवर्तन ल्याउनु अनिवार्य हुने समेत बताउनुभयो । उहाले समाजलाई जागृत बनाउने, सोच्न बाध्य पार्ने र रूपान्तरणको दिशा दिने सबैभन्दा शक्तिशाली अस्त्र साहित्य नै भएको धारणा राख्नुभयो । अहिले पनि शिक्षाबाट वञ्चित अवस्था, छोरा र छोरीबीचको असमान व्यवहार, रुढीवादिता, अज्ञानता र गरिबी/विपन्नता अझै समाजमा गहिरोसँग जरा गाडेर बसेको उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले नेपालमा विभेद, असमानता, विपन्नता र अन्याय भोगिरहेका पिछडिएका समुदायलाई न्याय दिलाउन र समाजलाई सही दिशा दिन साहित्यिक क्षेत्रबाट अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News