२०८३ आश्विन ६, मंगलवार १३:१०
आज सुनचाँदीको भाउ घटेको छ ।
सुन आज तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । सुन आज तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ थियो ।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


