२०८३ आश्विन ६, मंगलवार १६:५४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा ११ जना विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रोयटर्सले जनाएको छ । ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन तथा ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसैगरी, उनले संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ओमान, बहराइन, कुवेत र कतारका प्रतिनिधिसँग सामूहिक भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा इरानसँगको युद्ध, युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षालगायत विषय प्रमुख रूपमा उठ्ने अपेक्षा छ । इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र त्यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौती बनेको छ ।

खाडी देशका नेताहरूसँगको भेटवार्तामा इरान समर्थित हुथी समूहको गतिविधि र लालसागर तथा बाब अल–मन्देब जलडमरूमध्यमा बढेको सुरक्षा चुनौतीबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको भेटवार्ता पनि महत्त्वपूर्ण मानिएको छ ।

यसैबीच, ट्रम्पले भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेजसँग पहिलो पटक भेटवार्ता गर्दै हुनुहुन्छ ।

Comment

Related News

Latest News

Trending News