२०८३ आश्विन ८, बिहीबार ११:४७
आज सुनचाँदीको भाउ घटेको छ ।
सुन आज तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १६५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ८१५ रुपैयाँमा करोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



