रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम १५ अर्ब ५० करोड नाघेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका सबै खाताहरूमा गरी हाल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात रहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकहरूमा रु ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ र हिमालयन बैंक तथा लक्ष्मी सनराइज बैंकमा रहेका डलर खाताहरूमा २ करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ रकम जम्मा भएको छ।
सरकारले उक्त कोषमा जम्मा भएको रकममध्येबाट बाढी प्रभावित क्षेत्रका लागि यसअघि नै रु एक अर्ब निकासा गरिसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।



