२०८३ आश्विन ८, बिहीबार १८:०५

नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन हुनुभएको छ ।

केन्द्रीय कमिटीको बैठकअघि आजै बसेकाे सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको ११औँ महाधिवेशनअघि नै पार्टी सदस्यताका लागि आवेदन दिनुभएको थियो । त्यति बेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुला राजनीतिमा वा कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा आउँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो ।

यही असोज ५ गतेदेखि चलिरहेकाे केन्द्रीय कमिटीको बैठक आज सकिएको छ । केन्द्रीय कमिटीको हिजाेकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।

नेकपा एमालेकाे स्थायी कमिटीमा सात जना मनाेनीत भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्य मनोनीत गर्नुभएकाे हाे ।

Comment

Related News

Latest News

Trending News