२०८३ आश्विन ९, शुक्रबार ०८:०२

मधेस प्रदेश क्षेत्र भित्र संचालनमा रहेका एफ एम रेडियो तथा टेलिभिजन को फाइलहरु सुचना तथा प्रशारण बिभागले आमसञ्चार प्राधिकरण मधेस प्रदेश लाई हस्तान्तरण गरेको छ ।

सुचना तथा प्रशारण बिभागको काठमाडौस्थित कार्यालयमा विभागका महानिर्देशक अनुप दहालले आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडगालाई बिहीवार हस्तान्तरण गरेका हुन् । फाइलहरु बुझेपछि अध्यक्ष खडगाले भने, मधेस प्रदेशका एफएम तथा टिभि सञ्चालकहरुहरुका लागि खुसीको कुरा हो । नविकरण लगायतका समान्य कामका लाग राजधानी काठमाण्डु धाउनु पर्ने बाध्यता अब समाप्त हुने भयो । फाइलहरू प्रदेशमै आएपछि अब सञ्चार संस्थाले सामान्य प्रशासनिक कामका लागि केन्द्र धाउनुपर्ने अवस्था अन्त्य हुने प्राधिकरणको भनाइ छ ।

यसबाट सञ्चार संस्थाको समय र आर्थिक भार घट्नुका साथै प्रदेशमै सेवा प्राप्त गर्ने वातावरण बन्ने विश्वास गरिएको छ । एफ एम रेडियोको दर्ता तथा नवीकरण अब प्राधिकरणको कार्यालय जनकपुरधाममै हुनेछ । नेपालको संविधान तथा मधेस प्रदेश सञ्चार ऐन रेडियो टिभिको दर्ता नविकररण प्रदेसमै हुने ब्यवस्था छ । तर, सरकारी लापरवाहीका कारण बिगत सात बर्ष देखि केन्द्र शासित सुचना बिभागबाट उक्त फाइलहरु ल्याउने प्रयास नै भएन ।

जस कारण सञ्चार संस्था सञ्चालकहरुले पाउनु पर्ने सुबिधा बाट बञ्चित रहयो भने, अर्काे तर्फ मधेस सरकारले बर्षेणी करोड भन्दा बढि राजश्व गुमाउदै आएको थियो । जनकपुर टुडेसँग कुरा गर्दै प्रधिकरण अध्यक्ष खड्गाले भने, ‘म जिम्मेवारी सम्हालेकै दिनदेखि निरन्तर प्रयासरत थिए । यस प्रकरणमा रहेको थोरैे कानुनी जटिलता समाधान गर्न मधेस सरकारका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अहम सहयोग रहयो । उनको र ततकालिन गृह सचिव गणेश नायकको सहयोगले रेडियो टेलिभिजनको फायल प्राधिकरणमा ल्याउन सफल भयौ ।’ हेर्दा समान्य लाग्न सक्छ तर, रेडियो टेलिभिजन को फायल प्राधिकरणमा ल्याउनु मधेस सरकारको ठुलो उपलब्धि हो ।

यसले संविधान प्रदत अधिकार प्राप्त गर्न सकेका छौ भने, रेडियो टिभी सञ्चालकलाई सुबिधा प्रदान गरिने उनले भने । प्राद्यिकरणको सो कार्यले मधेस प्रदेश सरकारलाई राजश्व उपलब्ध गराउने कार्यालयहरु मध्ये आमसञ्चार प्राधिकरण अग्रणी स्थान मा पर्ने भएको छ । आमसञ्चार प्राधिकरणको पछिल्लो कार्य ठुलो उपलब्धि को रुपमा लिएको छु , प्राधिकरण अध्यक्षले भने ।

Comment

Related News

Latest News

Trending News