२०८३ आश्विन १०, शनिबार ०६:१५

मधेश केन्द्रित विभिन्न दलबाट विद्रोह गरेका युवाहरूको एक समूहले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै ‘हुँकार मधेश’ अभियान घोषणा गरेका छन् ।

काठमाण्डुमा शुक्रबार एक कार्यक्रम गर्दै परम्परागत राजनीतिक शैली र संस्कारबाट आजित नयाँ पुस्तालाई सक्रिय राजनीतिमा जोड्ने लक्ष्यसहित हुँकार मधेश अभियान घोषणा गरेको जनाएका छन् । राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण राजनीतिबाट टाढिँदै गएका सक्षम युवालाई समेटेर अघि बढ्ने अभियानको उद्धेश्य रहेको बताइएको छ । यस अभियानले मधेशको विविध मुद्दाहरूलाई उठान गर्दै युवा नेतृत्वमा जोड दिएको छ ।

अभियानले नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र बहुभाषिक राज्यको रूपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, समानुपातिक समावेशीता र नागरिकको सर्वोच्चताप्रति प्रतिबद्धता जनाएको छ । हुँकार मधेशले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरूको समाधानका लागि संघीयतावादी, पहिचानवादी, अधिकारवादी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएको छ ।

घोषणा कार्यक्रममा जसपा नेपालका पूर्वमहासचिव रामकुमार शर्मा, राजनीतिक विश्लेषक सिएन थारु, बुद्धिछिरिङ मोक्तान, लोकतान्त्रिक विद्यार्थी संगठनका पूर्वअध्यक्ष रोशन कुमार शर्मा, राष्ट्रिय मुक्ति पार्टी छोडेर आएका चन्द्रनाथ मिश्रलगायत सहभागी थिए ।

Comment

Related News

Latest News

Trending News