२०८३ आश्विन १०, शनिबार ०६:२८

जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ ।

यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना हुने भनिएको दोस्रो महाधिवेशन वर्षातका कारण स्थगित गरिएको जनाइएको छ । केही दिनदेखि लगातार भइरहेको वर्षा तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै स्थगित गरी असोज १७ गते शनिबारका लागि तय गरिएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।

प्रतिकूल मौसमका कारण देशभरबाट वीरगञ्ज आउने प्रतिनिधि, नेता तथा शुभेच्छुकको यात्रा र व्यवस्थापनमा कठिनाइ हुन सक्ने देखिएपछि महाधिवेशनको तालिका परिवर्तन गरिएको प्रवक्ता सिंहले बताए । जनमत पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिकूल मौसमको पूर्वानुमान रहेकाले महाधिवेशनको तयारी पूरा भइसके पनि सहभागीको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै असोज १७ गतेका लागि नयाँ मिति तय गरिएको छ ।’

यस अघि जनमत पार्टीले दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा गर्ने तयारी अनुसार महाधिवेशन अन्तर्गत अध्यक्ष सहित विभिन्न केन्द्रीय पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइएको थियो । तर अब परिमार्जित तालिका अनुसार पार्टीको दोस्रो महाधिवेशन हुने भएको छ ।

Comment

Related News

Latest News

Trending News