लगातारको वर्षाले सातवटा खोला नदीको जलसहत खतराको तह पार भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार म्याग्दीको मंगलघाटमा म्याग्दीखोला, पर्वतको मोदी बेनीमा कालीगण्डकी, लमजुङको गरमबेसीमा चेपे खोला, चितवनको कालीखोलामा त्रिशूली, देवघाटमा नारायणी र बनकट्टामा रिउ खोलाको जल सतहले खतरा तह पार गरेको हो।
महाशाखाका अनुसार म्याग्दी खोलाको जलसतह ५.४२ मिटर पुगेको छ। यसको सतर्कता तह र ३.६ मिटर र खतरा तह ४.५ मिटर हो।
त्यस्तै पर्वतको काली खोलाको सतर्कता तह ७ मिटर र खतरा तह ८.२० मिटर छ। अहिले कालीखोलाको जलसतह १०.३४ मिटर पुगेको छ।
बाँके, पाल्पा, म्याग्दी, बाग्लुङ, तनहुँ, लमजुङ, चितवन, मकवानपुर, काभ्रे र कपिलवस्तुका विभिन्न खोला नदीमा पनि जलसहत बढेर सतर्कता तह पार गरेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणी नदीका सहायक नदीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



