२०८३ आश्विन १२, सोमबार १३:२०

सोमबार असोज १२ गते सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।

यस तीव्र गिरावटसँगै सोमबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको छ, जबकि आइतबार ७०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

Comment

Related News

Latest News

Trending News