२०८३ आश्विन १२, सोमबार १६:५८

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ‘इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले पूर्वप्रधानन्यायाधीशको पक्राउप्रति प्रश्न उठाउदै सरकारले व्यक्तिगत ‘इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको हो । उहाले दुर्गा प्रसाईंलाई समेत पटक–पटक पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनको सट्टा जिबी राईलाई पक्राउ गरेको भए जनताको ९ अर्ब फिर्ता हुने धारणा राख्नुभयो । व्यक्तिगत प्रतिशोध र स्वार्थमा सरकार यसरी नै अघि बढेमा विगतको केपी शर्मा ओली सरकार र वर्तमान सरकारमा कुनै फरक नहुने उहाले बताउनुभयो ।

नेता शाहीले भ्रष्टाचारी र अपराधीलाई प्रमाण र कागजातका आधारमा मात्र कानुनी दायरामा ल्याउन आग्रह गर्दै सुशासनको लडाइँमा सरकारलाई साथ दिने तर ‘इगो’ साँध्न राज्यसत्ताको खेल बन्द गर्नुपर्ने उल्लेख गर्नुभयो ।

Comment

Related News

Latest News

Trending News