२०८३ आश्विन १४, बुधबार ११:३५
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्ष सकारात्मक रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले उपयुक्त समयमा परिणाममुखी र अर्थपूर्ण भ्रमण गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भइरहेको बताए । उनले सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री साहको भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको स्मरण गर्दै नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको बताए ।
परराष्ट्रमन्त्री खनालले सरकार गठन भएपछि प्राथमिकताका आधारमा भारत र चीन भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए ।



