२०८३ आश्विन १४, बुधबार १४:४०
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० र चाँदीको मूल्य रु ३० बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९५ कायम भएको थियो।



