२०८३ आश्विन १५, बिहीबार १६:२९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताउनुभएको छ ।

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद सिंहले रास्वपा भित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताउनुभएको हो । उहाले आफुहरु सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राख्नुभयो ।

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताउनुभयो ।

उहाले सरकारलाई चौतर्फी सहयोग गरेर देशमा सकारात्मक परिवर्तन ल्याउन ५ वर्ष नै काम गरिने उल्लेख गर्नुभयो ।

Comment

Related News

Latest News

Trending News