क्रिप्टोकरेन्सी कारोबार तथा हुण्डीमार्फत ठूलो रकम ओसारपसार गरेको आरोपमा पक्राउ परेका तीन नेपाली नागरिकमध्ये एक जना ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भने दुई जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।
प्रहरीले अनुसन्धानका क्रममा करिब २ अर्ब ३९ करोड रुपैयाँ बराबरको शंकास्पद वित्तीय कारोबार फेला पारे पनि जिल्ला सरकारी वकिल कार्यालय पर्साले हुण्डी कारोबारसम्बन्धी कसुरमा मात्र अभियोगपत्र दायर गरेपछि मुद्दा साउन २५ गते वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका थिए। भारतको रक्सौलबाट मोटरसाइकल सीमित बनेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रूपमा सञ्चालन गरेको कारबाहीका क्रममा गत साउन २५ गते वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका थिए ।
भारतको रक्सौलबाट मोटरसाइकलमा हुण्डीको रकम नेपाल भित्र्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय सागरकुमार साह र ३२ वर्षीय उपेन्द्रकुमार साह, पर्साको विन्दवासिनी गाउँपालिका–४ का २५ वर्षीय राहुलकुमार गुप्ता तथा भारत बिहारका २६ वर्षीय सुरजकुमार रहेका छन् । थुनछेक बहसपछि गत बिहीबार जिल्ला अदालत पर्साका न्यायाधीश ठाकुर खरेलको इजलासले भारतीय नागरिक सुरजकुमारबाहेक तीन नेपाली प्रतिवादीसँग जनही ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
सागरकुमार साहले धरौटी रकम बुझाएर रिहा भएका छन् । उपेन्द्रकुमार साह र राहुलकुमार गुप्ताले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । प्रहरी अनुसन्धान अनुसार पक्राउ परेका चार जनाले विभिन्न बैंक खातामार्फत ठूलो रकमको कारोबार गरेका थिए । सागरकुमार साहले १७ वटा बैंक खातामार्फत १ अर्ब ३९ करोड ९८ लाख १२ हजार २ सय ७७ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको दाबी छ ।
त्यस्तै, उपेन्द्रकुमार साहले नौवटा खातामार्फत ४६ करोड ९७ लाख ५ हजार ४ सय ३४ रुपैयाँ, राहुलकुमार गुप्ताले १३ वटा खातामार्फत ३ करोड ७ लाख ६६ हजार ३ सय ७० रुपैयाँ र सुरजकुमारले विभिन्न खातामार्फत ३ करोड ८९ लाख १६ हजार ६ सय ६९ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । बैंक खाताका विवरण, भौचर, मोबाइल फोन, ह्वाट्सएप च्याट तथा डिजिटल कारोबारको विश्लेषणबाट यस्तो गतिविधि देखलाई जोड्दा कुल रकम २ अर्ब ३९ करोड २२ लाख ६८ हजार ७ सय ९३ रुपैयाँ पुग्छ । प्रहरीको अनुसार पक्राउ परेका चार जनासहित करिब १० जनाको समूह भारतको रक्सौल, मोतिहारीलगायत सीमावर्ती सहरबाट हुण्डीमार्फत रकम नेपाल भित्र्याउने र डिजिटल माध्यमबाट विदेशमा रकम पठाउने गतिविधिमा संलग्न थियो ।
नेपाल ल्याइएको रकम विभिन्न व्यक्तिका बैंक खातामा जम्मा गर्ने, त्यसपछि फोनपे, कनेक्ट आईपीएसलगायत डिजिटल माध्यमबाट अर्को खातामा रकम स्थानान्तरण गर्ने र स्थानीय व्यवसायीसँग नगद साटासाट गर्ने शैली अपनाइएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बैंक खाताका विवरण, भौचर, मोबाइल फोन, ह्वाट्सएप च्याट तथा डिजिटल कारोबारको विश्लेषणबाट यस्तो गतिविधि देखिएको प्रहरीले जनाएको छ । प्रहरीले शुरुमा संगठित अपराध, हुण्डी कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाहीका लागि प्रतिवेदन तयार पारेको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय पर्साले पक्राउ परेका प्रतिवादीविरुद्ध हुण्डी कारोबारसम्बन्धी कसुरमा मात्र अभियोगपत्र दायर गरेको छ ।
ठूलो रकम कारोबार भएको देखिए पनि रकम अन्य कुन– कुन व्यक्तिको खातामा, कुन प्रयोजनका लागि र अन्ततः कसको लाभमा प्रयोग भयो भन्ने कुरा पर्याप्त रूपमा खुल्न सके अपुग देखियो । बैंकिङ कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पर्याप्त आधार नदेखिएपछि अभियोगपत्र दायर गरिएको बताइएको छ । सरकारी वकिल कार्यालयका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता अनन्त न्यौपानेका अनुसार प्रहरीले अनुसन्धानका लागि अदालतबाट ४६ दिनको म्याद पाएको थियो । उक्त अवधिमा प्राप्त प्रमाणका आधारमा हुण्डीसम्बन्धी अभियोगपत्र दायर गरिएको उनले बताए ।
उनले जनाए अनुसार प्रतिवादीहरूको खातामा ठूलो रकम कारोबार भएको देखिए पनि रकम अन्य कुन–कुन व्यक्तिको खातामा, कुन प्रयोजनका लागि र अन्ततः कसको लाभमा प्रयोग भयो भन्ने कुरा पर्याप्त रूपमा खुल्न सकेको छैन । प्रतिवादीहरूको जायजेथाबारे समेत अनुसन्धानबाट स्पष्ट तथ्य नआएको उनले बताए । ‘हुण्डीबाहेकका अन्य कसुरमा प्रहरीको अनुसन्धान अपुग देखियो । बैंकिङ कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पर्याप्त आधार नदेखिएपछि अभियोगपत्र दायर गरिएको हो,’ न्यौपानेले भने, ‘थप तथ्य खुल्दै गएमा पछि अन्य मुद्दा चलाउन सकिन्छ ।’पर्सा प्रहरीले भने अनुसन्धानका क्रममा तीनवटै कानुनी आधारमा अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको जनाएको छ । पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले प्रहरीले आफ्नो अनुसन्धानको समयभित्र तीनवटै विषय समेटेर प्रतिवेदन बुझाएको बताए ।



