२०८३ आश्विन १६, शुक्रबार १६:४६

नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको १५ औं महाधिवशेनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय पार्टीले लिएको बताउनुभयो । महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको उहाले बताउनुभयो ।

महाधिवेशनमा सात हजार सात सयभन्दा प्रतिनिधिहरु सहभागी हुदैछन् । काँग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएको प्रवक्ता चालिसेले बताउनुभयो । महाधिवशेन अन्तर्गत असोज १८ गते उद्घाटन, १९ र २० गते बन्द सत्र र २१ र २२ गते निर्वाचन प्रक्रिया हुने उहाले जानकारी दिनुभयो ।

उहाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन समितिले सुझाव संकलन र छलफल जारी भन्दैविधान संशोधनमार्फत शेर बहादुुर देउवा लगाएत पूर्व सभापतिहरूको मर्यादा र स्थान कहाँ रहने भन्ने विषयलाई पनि समेटिने बताउनुभयो ।

उहाले महाधिवेशनलाई केवल ‘नेता चयन गर्ने’ थलोमा मात्र सीमित नराखी नीतिगत बहस र देशको परिकल्पनामा बढी केन्द्रित गराउने प्रयास गरिएको उल्लेख गर्नुभयो । प्रवक्ता चालिसेले पार्टीको नेतृत्व चयनका बिषयमा ठूलो विवाद नरहेको समेत दावी गर्नुभयो ।

उहाले देशका ६,७४३ वडा तहदेखि भएका अधिवेशनहरूमा ९९ प्रतिशत भन्दा बढी सदस्यहरूको उपस्थिति रहेकाले पार्टीको आधिकारिकता र वैधानिकतामा कुनै कानुनी वा राजनीतिक शंका नरहेको स्पष्ट पार्नुभयो । कांग्रेसको केन्द्रिय महाधिवेशनको उद्घाटन असोज १८ गते खुल्लामञ्च गर्ने तय भएको छ ।

Comment

Related News

Latest News

Trending News