स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशकमा डा. नवलकिशोर झालाई नियुक्त गरिएको छ । स्वास्थ्य कार्यालय सर्लाहीमा कार्यरत्त रहेका प्रमुख डा. झाको बढुवा भएसंगै स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा नियुक्त भएका छन् ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. झालाई प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वको जिम्मेवारी दिइएको छ । पदोन्नतिसँगै प्रदेशमा स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन योगदान पुग्ने विश्वास उनीमाथि गरिएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखका रूपमा कार्यरत रहँदा डा. झाले स्वास्थ्य सेवा व्यवस्थापन तथा सेवा प्रवाहका क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए । अब स्वास्थ्य निर्देशनालयको नेतृत्व सम्हाल्दै प्रदेशभरका स्वास्थ्य कार्यक्रमको समन्वय, अनुगमन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी आफूमाथि थपिएको नवनियुक्त डा. झाले बताए ।



