२०८३ आश्विन १८, आईतवार १२:००

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

Comment

Related News