२०८३ आश्विन १८, आईतवार १३:४२

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।

तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ खाएर महिलाले व्रत सुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आइतबार नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गर्ने परम्परा छ ।

यसैबीच थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास देखिएको छ । थारु समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गीत गाउँदै जितिया मनाएका छन् । महिलाहरू विहानै नुहाई, घुवाई गरी सफा र चोखो कपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाउछन् । महिलाहरू सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । सन्तानको दिर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाईने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।

 

Comment

Related News