२०८३ आश्विन १८, आईतवार १३:५८
जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले सामूहिक राजीनामा दिएका छन्।
पूर्वसंघीय सांसद तथा शहीद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिएका नेताहरूले अब पूर्णकालिक सदस्यका रूपमा ‘हुंकार मधेश’ अभियानमा लाग्ने बताएका छन्।
‘हुंकार मधेश’ अभियान २०८३ असोज ९ गते औपचारिक रूपमा घोषणा भएको थियो। अभियानले छिट्टै सयदिने ‘मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा’ शुरू गर्ने बताइएको छ।



