२०८३ आश्विन १९, सोमबार १२:३०

सुनकाे भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर आज २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने सुनको भाउ २ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले बढेको छ ।

हिजो ६० रुपैयाँले घटेर तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ४ हजार ४३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News