२०८३ आश्विन १९, सोमबार १६:०५

वीरगंज संग जोडिएको भारतको बिहारस्थित रक्सौलमा अरिङ्गालको झुन्डको आक्रमणमा परेर दुई बालकको मृत्यु भएको छ। घटनामा अन्य दुई बालक गम्भीर घाइते भएका छन्।

सीमावर्ती भारतीय बजार रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत नेपाली स्टेशन नजिकै गत २ अक्टोबर बिहान पुरानो फुसको घरमा खेलिरहेका चार बालबालिकामाथि अचानक अरिङ्गालको झुन्डले आक्रमण गरेको थियो।

आक्रमणपछि चारै जनालाई तत्काल उपचारका लागि रक्सौलस्थित डंकन अस्पताल लगिएको थियो।

उपचारको क्रममा आईतवार साँझ लखन कुमार मल्लिक ९७० को आइतबार साँझ मृत्यु भएको हो। लखनका बुबा स्वर्गीय इन्दल मल्लिक हुन् भने करणका बुबा विजय मल्लिक हुन्।

यस अघी उपचारकै क्रममा करण कुमार मल्लिक ९२ वर्ष ६ महिना० को गत शुक्रबार मृत्यु भएको थियो।

घटनामा अरुण कुमार मल्लिक ९४० र रक्की कुमार मल्लिक ९३ वर्ष ६ महिना० गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको डंकन अस्पतालमै उपचार भइरहेको छ।

घटनाबारे ‘स्वच्छ रक्सौल’का अध्यक्ष रणजीत सिंहले रक्सौल नगरपालिकाका कार्यपालक पदाधिकारी मनीष कुमारलाई जानकारी गराएका थिए। त्यसपछि नगरपालिकाले मृतक बालकहरूको अन्त्येष्टिका लागि तत्काल ५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ।

घटनाले पीडित परिवारमा गहिरो शोक छाएको छ। मृतक तथा घाइते बालबालिका अति विपन्न महादलित डुम समुदायका रहेको बताइएको छ।

स्थानीयवासीले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सरकारी प्रावधानअनुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, अस्पतालमा उपचाररत दुई बालकको उपचारमा आवश्यक सहयोग र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Comment

Related News

Latest News

Trending News