२०८३ आश्विन १९, सोमबार १६:०९

रौतहटमा कामका लागि भारतबाट ल्याइएका ४२ जना भारतीय नागरिकलाई प्रहरीले इँटा भट्टाबाट उद्धार गरी भारतीय सुरक्षा निकायको जिम्मा लगाएको छ।

गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटा भट्टामा काम गरिरहेका उनीहरूलाई ल्याउने भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि कामदार तथा उनीहरूसँगै आएका परिवारका सदस्य अलपत्र परेका थिए।

अलपत्र पर्नेमा १२ पुरुष, ११ महिला, १० आश्रित बालक र ९ बालिका गरी ४२ जना रहेका छन्। उनीहरू भट्टामै असहज अवस्थामा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी निरीक्षक रादेश खत्रीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको अवस्था बुझेर उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

उद्धारपछि उनीहरूलाई आइतबार साँझ करिब ५ बजे ना।७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सार क्षेत्र लगिएको थियो। भन्सार सुरक्षा गार्ड रौतहटको समन्वयमा सीमा क्षेत्रमा आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

त्यसपछि सीमावर्ती भारतीय बर्गिनिया प्रहरीसँग समन्वय गरी सबै ४२ जनालाई सकुशल जिम्मा लगाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत अघि बढाएको जनाएको छ।

Comment

Related News

Latest News

Trending News