उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे मधेश प्रदेशमा उच्चस्तरीय संवाद कार्यक्रम सुरु गरिएको छ।
युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालले बाराको सिमरामा सुरु सोमबार संवाद गरेको छ। कार्यक्रममा सङ्घीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाज, सरकारी नीति निर्माता, विज्ञ एवं सरोकारवालाको सहभागिता रहेको छ।
‘उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारुप मधेश प्रदेशमा उच्च शिक्षाको भविष्य’ विषयक दुई दिवशिय उच्चस्तरीय संवाद कार्यक्रममा विषयमा उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे सम्बन्धित वियले कार्यपत्र प्रस्तुत गर्नेछन्।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्गबहादुर केसी, शिक्षा मन्त्रालयका सचिव चुडामडि पौडेल, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्ठा, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. श्याम नारायण लाभ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बराल सहभागी छन्।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. केसीले मधेश प्रदेशको उच्च शिक्षाको अवस्थाबारे प्रस्तुतितीकरण दिएका छन्। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीका अनुसार संवादमा जिल्लागत रूपमा उच्च शिक्षाको सम्भाव्यता, विद्यमान समस्या तथा सुधारका सम्भावनाबारे छलफल हुनेछ।
राष्ट्रिय योग्यता प्रारुपअन्तर्गत औपचारिक, अनौपचारिक तथा सीप शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई एकीकृत तथा प्रमाणीकरण गर्ने विषयलाई पनि प्राथमिकताका साथ छलफल गरिने उनले बताए।



