२०८३ आश्विन २३, शुक्रबार ०८:३७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बुधबार हुने भनिएको मतदान प्रक्रिया शुक्रबार बिहानदेखि शुरु हुँदै छ । खराब मौसम, प्राविधिक समस्या तथा उम्मेदवार र मतदाताको संख्या धेरै हुँदा मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान समय एक दिनपछि सारिएको जनाइएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जनाए अनुसार शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । साँझबाट मतदान शुरु गर्दा प्रक्रिया रातिसम्म लम्बिन सक्ने र महाधिवेशन प्रतिनिधिलाई असहज हुने भएकाले बिहानबाट मतदान सुरु गर्ने निर्णय गरिएको उनले बताए कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते भएको थियो । महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता, दाबी– विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड् काले मतदानका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । उनले मतपत्रको संख्या धेरै भएकाले मतपत्रमा हस्ताक्षर गर्ने कामसमेत भइरहेको जानकारी दिए । निर्वाचन समितिका संयोजकसहित ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेका छन् ।

सात हजारभन्दा बढी प्रतिनिधि मतदानमा सहभागी

महाधिवेशन प्रतिनिधिको सहजताका लागि निर्वाचन समितिले विभिन्न मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र …कÚ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, खुलामञ्चमा रहेको मतदान केन्द्र …खÚ मा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका साथै नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले मतदान गरिरहेका छन् । निर्वाचन समितिले जनाए अनुसार महाधिवेशनमा सहभागी सात हजार ३१७ प्रतिनिधिमध्ये सात हजार २५५ जना नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदानमा सहभागी भएका छन् । मतदानका क्रममा प्रतिनिधिहरूलाई सम्बन्धित प्रदेश तथा समूहअनुसार तोकिएको मतदान केन्द्रमा पुग्नुपर्नेछ । मतदान स्थलमा प्रवेश गरेपछि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश नगर्न प्रतिनिधिलाई आग्रह गरेको छ । मतदान प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने समितिको भनाइ छ ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्मको निर्वाचन

कांग्रेसको १५औँ महाधिवेशनबाट कांग्रेसको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । पार्टीले विधान संशोधन गरी केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् । उम्मेदवारी दर्तादेखि उम्मेदवारी फिर्तासम्मका सबै प्रक्रिया पूरा भइसकेकाले अब कांग्रेस महाधिवेशनको मुख्य ध्यान मतदानमा केन्द्रित भएको छ। मतदानपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ । त्यससँगै १५औँ महाधिवेशनबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व औपचारिक रूपमा चयन हुनेछ । स भ ा प ित क ा उम्मेदवारमा किशोरसिंह राठौरले गगन थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि सभापतिको प्रतिस्पर्धा मुख्यतः थापा र श्यामकृष्ण खड्गीबीच केन्द्रित भएको छ । खुला उपसभापतिको प्रतिस्पर्धामा पनि उम्मेदवारी फिर्ताको प्रभाव परेको छ । देवराज चालिसेले थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिएका थिए । यसअघि डा. मिनेन्द्र रिजालले पनि उपसभापतिको उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने

निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिको काठमाण्डु बसाइ पनि थप एक दिन हुने भएको छ । यसबाट प्रतिनिधिमाथि थप आर्थिक भार नपरोस् भनेर पार्टीले थप एक दिनको बसोबास तथा खानपिन खर्च व्यहोर्ने निर्णय गरेको छ । कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिको थप एक दिनको काठमाण्डु बसाइको खर्च पार्टीले नै व्यहोर्ने जानकारी दिएका छन् । उनले महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । तर निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिको बसोबास र खानपिनको अतिरिक्त खर्च पार्टीले व्यवस्थापन गर्ने भएको छ । श्रेष्ठले प्रतिनिधिलाई निर्वाचन प्रक्रिया लम्बिँदा थप आर्थिक भार नपर्ने गरी आवश्यक व्यवस्था मिलाइने बताए । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिको बसाइँ, खानपिनलगायत व्यवस्थापनको जिम्मेवारी पार्टीले लिने उनको भनाइ छ । मतदान शुक्रबार बिहानबाट शुरु भएपछि कांग्रेसको १५औँ महाधिवेशन अब नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ ।

Comment

Related News

Latest News

Trending News