२०८३ आश्विन २३, शुक्रबार १२:१८
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलामा दुई हजार ९०० र चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४०५ रुपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० रुपैयाँ र असली चाँदी चार हजार ३९० रुपैयाँ मा किनबेच भएको थियो ।


