वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी नेकपा एमाले परित्यागर्दै रास्वपामा प्रवेश गरेका छन । एमालेका केन्द्रिय सदस्य समेत रहेका सरावगी बिहिबार एमालेको साधारण सदस्य समेत त्यागगर्दै रास्वपाका सदस्यता लिएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सरावगी प्रवेश गरेको उनले समाजिक संजालबाट एमाले परित्याग गरेको घोषणा गरेका हुन् । सरावगीले आफ्नो फेसबुक वालमामा लेखेका छन्, “सबै समुदायमा नमस्ते, आजको मितिदेखि म नेकपा एमालेको साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको कुरा सम्पूर्णमा जानकारी गराउँदछु ।” सरावगी यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७८ फागुनमा उनले तत्कालीन जनता समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका थिए । त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी एमालेबाट मेयर पदका उम्मेदवार बनेका थिए । यह भन्दा पहिलाको स्थानिय निर्वाचनमा उनी राजेशमान सिंहसँग पराजित भएका थिए ।
अर्को तर्फ गत चुनावमा एमालेबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएकी रिमा यादव पनि एमाल परित्याग गर्दै रास्वपामा प्रवेश गरेकि छिन । यादव पर्सा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभाको निर्वाचनमा एमालेको तर्फबाट चुनाव लडेकि थिइन ।
आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै उपमेयरको टिकट निश्चित पाउने ग्यारेन्टी भएपछि रीमा यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको बताइन्छ ।
सरावगीको जस्तै रीमा यादवको सदस्यता विवरण प्राप्त नभए पनि स्रोतका अनुसार विजय सरावगीसंगै यादव पनि रास्वपामा प्रवेश गरेकी हुन ।मेयरमा सरावगी र उपमेयरमा यदव चुनाव लडने टिकट पाउने निश्चित भएपछि दुवै जनाको प्रवेश भएको हो ।
रीमा यादवका विषयमा नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजारासँग बुझ्दा उनले गत संसदीय निर्वाचनमा एमालेको टिकटबाट रीमा यादवले चुनाव लडेको भए पनि उनीहरू एमाले नभएको बताए। त्यसैले उनीहरू अन्य कुनै पार्टीमा प्रवेश गर्नु ठूलो कुरा नभएको उनको भनाइ छ । रीमा यादवका श्रीमान् प्रद्युम्न यादवसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
उनको यो घोषणासँगै बीरगन्जको चुनावी राजनीतिक पुन तरगीत बनउको छ । सरावगीको रास्वपामा प्रवेशसंगै जेनजि आन्दोलमा लागेका युवाहरुले मेयरको लागी गर्दै आएको चुनावी त्यारीमा ठुलो धक्का पुगेका बताइन्छ । रास्वपाबाट मेयरको उम्मेदवारमा बिजय सरावगी लडने निश्ति भएको चर्चा चुलिदै गर्दा पार्टीमा बिद्रोहका स्वरहरु समेत देखिन थालेको छ ।
यसै सन्दर्भमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद बुद्धिप्रसाद ९हरि० पन्तले सामाजिक सञ्जाल मार्फत वीरगञ्जवासीलाई भ्रममा नपर्न आग्रह गरेका छन् । रास्वपा पर्सा जिल्ला सभापतिसमेत रहेका उनले रास्वपाबाट मेयर, उपमेयर तथा वडा अध्यक्षलगायतका उम्मेदवार छनोट पार्टीको आफ्नै विधि र विधानअनुसार हुने स्पष्ट पारेका छन् ।
पन्तले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मेयर, उपमेयर र वडा अध्यक्ष लगायतका उम्मेदवार बन्न पार्टीको आफ्नै विधि विधान अनुरूप क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी लगायतका प्रक्रिया अनुसार मात्र हुने भएकोले कसैले पनि विधि भन्दा बाहिर गएर पार्टीको टिकट लिने कुरै छैन ।
यता रास्वपा पर्सा जिल्ला सचिव सुदिश प्रजापतिले शुक्रबार पार्टीका महामन्त्रीलाई सम्बोधन गर्दै सरावगीको सदस्यता खारेजीको माग गरेका छन । पत्रमा सरावगीको नाममा हिजो मात्र जारी भएको सदस्यता नम्बर ९एच्क्१ख–०००४३५७७६० बारे जिल्लालाई कुनै जानकारी नभएको र यसप्रति पर्साका आम पार्टी पंक्तिमा गहिरो असहमति रहेको उल्लेख गरिएको छ । उक्त पत्र बोधार्थका रूपमा पार्टीका संगठन प्रमुख प्रमोद न्यौपाने लगायत सम्पूर्ण जिल्ला तथा वडा कमिटीलाई समेत पठाइएको छ।
यता, पूर्वमेयर सरावगीले भने आफूले विधिपूर्वक अनलाइनमार्फत सदस्यता लिएको र पार्टी सदस्यता सबै नागरिकका लागि खुला रहेको तर्क गरेका छन्। केन्द्रले आफ्नो सदस्यता स्वीकृत गरिसकेको दाबी गर्दै उनले यदि पार्टीले कुनै कारणवश सदस्यता खारेज गरेमा आफू विना पार्टी ९स्वतन्त्र० नै रहने स्पष्ट पारेका छन्। सरावगीको रास्वपा प्रवेश, जिल्ला समितिको विरोध र सम्भावित मेयरको टिकटको चर्चाले यतिबेला वीरगन्जको राजनीतिलाई थप रोचक बनाएको छ भने रास्वपा केन्द्रले यस आन्तरिक विवादलाई विधानबमोजिम कसरी सुल्झाउँछ भन्ने विषय सर्वत्र चासोको केन्द्र बनेको छ।


