२०८३ आश्विन २५, आईतवार ०७:३०

नाडा तथा भृकुटीमण्डपमा सम्पन्न प्रदर्शनीपछि यामाहाको नयाँ मोटरसाइकल ‘ब्लु यामाहा एक्सएसआर १५५’ जनकपुरधाममा पनि सार्वजनिक गरिएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडर्स प्रा.लि.ले जनकपुरधामस्थित आधिकारिक शोरूम जानकी अटो सेन्टरमार्फत एक्सएसआर १५५ लाई औपचारिक रूपमा उपलब्ध गराएको छ ।

काठमाण्डुको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपछि जनकपुधराममा पनि नयाँ मोटरसाइकल सार्वजनिक गरिएको जानकी अटो सेन्टरले जनाएको छ । सेन्टरका अनुसार जनकपुरधाम तथा आसपासका ग्राहकले शोरूममै मोटरसाइकलको अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्नेछन् । यामाहाको ‘बिल्ट अन लेगेसी, डिजाइन बाई पर्फमेन्स’ अवधारणामा तयार गरिएको एक्सएसआर १५५ मा १५५ सीसी लिक्विड–कुल्ड इन्जिन र ६–स्पिड गियर ट्रान्समिसन रहेको कम्पनीले जनाएको छ ।

यसले दैनिक यात्रा तथा हाइवे राइडमा उच्च माइलेजका साथै पर्याप्त पावर र गतिमा स्थिरता दिने दाबी गरिएको छ । कम्पनीका अनुसार आकर्षक रेट्रो डिजाइनसँगै आधुनिक प्रविधि र स्टाइलको संयोजन गरिएको एक्सएसआर १५५ को मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नयाँ मोडलमा मेरून रेड सहित विभिन्न रङका विकल्प उपलब्ध छन् ।

एमएडब्लू राइडर्स प्रा.लि. नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक छ । कम्पनीले देशभर विश्वस्तरीय मोबिलिटी, प्राविधिक नवीनता र ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Comment

Related News

Latest News

Trending News