२०८३ आश्विन २६, सोमबार ०७:४८

जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको विद्युतीय स्कुटर ‘याडिया’को आधिकारिक शोरूम सञ्चालनमा आएको छ ।

याडिया ब्रान्डका विद्युतीय स्कुटर बिक्री गर्ने उद्देश्यले जनकपुरधामको थापा चौकमा नारायणी इलेक्ट्रिक ग्रीन अटो इण्डिस्ट्रीजले सञ्चालनमा ल्याएका हुन् । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । मौद्रिक नीतिका कारण पछिल्लो समय स्वदेशमै लगानी गर्ने वातावरण बढेको सभामुख यादवले बताए ।

यसले अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ लगानीहरुले सघाउने विश्वास लिएका छौँÚ, उनले भने । उक्त शो रुममा याडिया ब्रान्डका विभिन्न मोडलका स्कुटर ल्याएको छ । जसको मूल्य २ लाख ५ हजारदेखि ६ लाख ६० हजार रुपैयासम्म रहेको जनाइएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनमा ग्राहकको आकर्षण बढेकाले आफूहरुले विद्युतीय स्कुटरको व्यवसाय गर्न लागेको शो रुमकी सञ्तालिका सुमन नेवकटियाले बताएकी छिन् ।

उक्त शो रुममा याडिया कम्पनीका जीएस ७०, जी टी ७०, जीटी ८०, किनिजm भेलक्स लगायतका विभिन्न मोडलका स्कूटर र मोटरसाइकल हाल उपलब्ध रहेको सञ्चालिका सुमनले बताईन । फाइनान्स र इएमआई समेतको व्यवस्था रहेको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News